वालिङबजारमा डिपार्टमेन्टल स्टोर्समा आगलागी,सबै सामान जलेर नष्ट — OSNepal

वालिङबजारमा डिपार्टमेन्टल स्टोर्समा आगलागी,सबै सामान जलेर नष्ट

LC (KTM) November 24, 2021 0

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै रु पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् । “सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ ।” राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर