आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी — OSNepal

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

LC (KTM) November 24, 2021 0

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् ।

गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडाँै जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर