OSNepal मंगलबार, मंसिर १४ २०७८

ससुराली बस्दै आएका २२ वर्षीय युवकको कोठामा फेला पर्यो यस्तो सामान

ससुराली बस्दै आएका २२ वर्षीय युवकको कोठामा फेला पर्यो यस्तो सामान

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


ससुराली बस्दै आएका    २२  वर्षीय   युवकको कोठामा फेला  पर्यो यस्तो सामान
Reading Time: < 1 minute

नवलपरासी(पूर्व) ८ मंसिर । अवैध लागूऔषध गाँजाको धुलो सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनयी त्रिबेणी गाउँपालिका-१ सानो टाडी ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका-३ घर भएका २२ वर्षीय कुखाङ वाईवा रहेका छन् ।

उनको साथबाट प्रहरीले करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो बरामत गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले शंका लागि उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड