OSNepal आइतबार, मंसिर १९ २०७८

डोल्पा कांग्रेसमा देउवाको वर्चश्व : सभापतिमा शाही निर्वाचित

डोल्पा कांग्रेसमा देउवाको वर्चश्व : सभापतिमा शाही निर्वाचित

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


डोल्पा कांग्रेसमा देउवाको वर्चश्व : सभापतिमा शाही निर्वाचित
Reading Time: < 1 minute

जाजरकोट, ८ मंसिर -नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै संस्थापन निकट शाही सभापति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याए । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुध कुमारी हमालले ११ मत पाए ।

दुई सीट रहेको उपसभापतिमा २ सय ४४ मतसहित पूर्ण शाही विजयी भए । अर्को सीटमा लवकुमार शाही २ सय १० मत ल्याएर विजयी भए । उपसभापतिमा निर्वाचित दुवै शाही देउवा प्यानल हुन् । उप–सभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भए ।

त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय निर्वाचित भए । सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए । सहसचिवमा लक्ष्मणबहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भए ।

जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड