बलिउड अभिनेता सैफ अली खान भन्छन् मेरो काम देखेर दर्शकले गाली गरुन — OSNepal

बलिउड अभिनेता सैफ अली खान भन्छन् मेरो काम देखेर दर्शकले गाली गरुन

LC (KTM) November 24, 2021 0

सैफ अली खान अहिले बलिउडको आफ्नो सबैभन्दा सुन्दर क्षण बिताईरहेका छन् । सैफ अली खान जमानाका दिग्गज अदाकार शर्मिला टैगोर तथा लेजेण्ड्री क्रिकेटर मन्सुर अली खानको छोरा हुन् ।

मनोरञ्जन र खेल जगतकै चर्चित ब्यक्ति आफ्ना बुवा आमा भएकाले सैफलाई एकदमै सजिलो थियो कि यी मध्ये एक बिरासतलाई थामेर अघि बढ्न ।

उनले इण्डियन एक्सप्रेस संग कुरा गर्दै भनेका छन्– जब कोही कलाकार अगाडी आउँछ त्यतिबेला सबैभन्दा पहिलो उ यहा टिकिरहने तर्फ ध्यान दिन्छ न कि हाँसोको पात्र बन्न चाहान्छ ।

सैफले आफुले त्यस्तै चाहेको बताए । उनले भने– तपाई चाहानु हुन्न कि सबैले तपाईलाई गाली गरुन् , थिएटरमा चप्पलको बर्षा गराउन् । तपाई यहाँ टिक्नको लागि फिल्म उद्योगमा आउनु भएको हो ।

त्यसबेलाका मेरो साथमा रहेका कलाकारको सोच मेरो जस्तो थिएन् । म हरेक चिजलाई देशको मात्र नभए अन्र्तराष्ट्रिय नजरले हेर्छु किनकि मेरो खान्द्यान र पढाई यस्तै थियो । आज उनी आफ्नो सफलता देखी एकदमै खुशी रहेको पनि उनले बताएका छन् । आफुले जति सोचेको त्यो भन्दा बढी सफल भएकोले आफु खुशी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर