राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन — OSNepal

राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

LC (KTM) November 24, 2021 0

काठमाडौँ, ८ मङ्सिर -नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहनुभएको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्कनुभएको थियो । उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर