देशभरका १८ उच्च अदालतमा जवराको विरुद्धमा प्रदर्शन,न्यायाधीशहरु जुटे आन्तरिक छलफलमा — OSNepal

देशभरका १८ उच्च अदालतमा जवराको विरुद्धमा प्रदर्शन,न्यायाधीशहरु जुटे आन्तरिक छलफलमा

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग्दै आन्दोलनरत बार एसोसिएसनले आज बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ ।

गोलाप्राथा कहिलेबाट लागु गर्ने भन्ने विषयमा अहिले २ बजे सर्वोच्च अदालतका न्याायाधीशहरु छलफलमा जुट्ने भएका छन् । त्यसै गरी फुलकोर्ट बैठक बस्नको लागि पनि न्यायाधीशहरु आन्तरिक छलफलमा बस्ने भएका हुन् ।

साता व्यापी आन्दोलनको घोषणा गरेको बारले आज बुधबार उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रमको आयोजना गरेको छ ।

गत कात्तिक १४ गते देखि प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दे कानुन व्यवसायीहरु आन्दोलन गरिरहेका छन् । यता जवराले भने पेशी तोकिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर