चेक जाँच गर्ने क्रममा प्रहरीले फेला पार्यो २८ वर्षीय सुप्रकाशको साथबाट यस्तो सामान — OSNepal

चेक जाँच गर्ने क्रममा प्रहरीले फेला पार्यो २८ वर्षीय सुप्रकाशको साथबाट यस्तो सामान

LC (KTM) November 24, 2021 0

झापा ८ मंसिर । अवैध लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका -३ बस्ने २८ वर्षीय सुप्रकाश राई रहेका छन् ।

उनको साथबाट प्रहरीले ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ बरामत गरेको छ ।

मंगलबार साँझ चेक जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर