छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै आफ्नै पार्टीबाट प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग — OSNepal

छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै आफ्नै पार्टीबाट प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।

पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै जसपाका
केही कार्यकारिणी समिति सदस्यले राउतको राजीनामा माग गरेका हुन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका उनीहरुले
अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको समेत आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर