नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी — OSNepal

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी

LC (KTM) November 24, 2021 0

रोल्पा, ८ मङ्सिर -नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी हुनुभएको छ । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाउनु भएको थियो । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गर्नुभएको थियो । सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गर्नुभयो । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिनुभयो । निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गर्नुभएको थियो । कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर