OSNepal बिहिबार, मंसिर १६ २०७८

गुडिरहेको गाडीबाट लडेर क्याम्पस पढ्न हिडेकी १८ वर्षीया पूजाको मृत्यु

गुडिरहेको गाडीबाट लडेर क्याम्पस पढ्न हिडेकी १८ वर्षीया पूजाको मृत्यु

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


गुडिरहेको गाडीबाट लडेर क्याम्पस पढ्न हिडेकी  १८ वर्षीया पूजाको मृत्यु
Reading Time: < 1 minute

जनकपुर, ८ मङ्सिर-पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गुडिरहेको गाडी (विङ्गर) बाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नं को विङगरको ढोका छेउबाट लडेर धनुषाधाम नगरपालिका–७ भगवानपुरी निवासी १८ वर्षीया पूजाकुमारी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त रहेको जनाइएको छ । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड