कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी — OSNepal

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

LC (KTM) November 24, 2021 0

काठमाडौँ -नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गर्नुभयो ।

यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिनुभयो ।उहाँका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी हुनुभएको छ ।

यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर