विश्व अति वायु प्रदूषित शहर सूचीमा काठमाडौं उपत्यका चौथो स्थानमा — OSNepal

विश्व अति वायु प्रदूषित शहर सूचीमा काठमाडौं उपत्यका चौथो स्थानमा

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । विश्व अति वायु प्रदूषित शहर सूचीमा नेपालको राजधानी काठमाडौं उपत्यका चौथो स्थानमा परेको छ । आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ ।

पहिलो स्थानमा भने भारतको राजधानी दिल्ली प्रदुष्ति शहरमा परेको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ मापन गरिएको छ ।

भारतकै कलकत्ताको एक्यूआई १६३ भएको आइक्यूएअरडटकमले जनाएको छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिने आइक्यूएअरडटकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर