३३२ जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना निको र ४ जनाको मृत्यु — OSNepal

३३२ जनामा कोरोना संक्रमण पुष्टि, २३२ जना निको र ४ जनाको मृत्यु

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २३२ जना निको भई घर फर्किएका छन् । साथै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा १८१ जनामा संक्रमण पुष्टि भएको छ त्यसमा पनि काठमाडौंमा मात्र १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर