न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन : ओली — OSNepal

न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन : ओली

LC (KTM) November 24, 2021 0

न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताए । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो’, ओलीले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वाेच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर