न्यायीक क्षेत्रलाई क्यान्सर भएको छ अब अण्डा मन्साएर होइन किमो र अप्रेसन गर्नुपर्छ : अध्यक्ष ओली — OSNepal

न्यायीक क्षेत्रलाई क्यान्सर भएको छ अब अण्डा मन्साएर होइन किमो र अप्रेसन गर्नुपर्छ : अध्यक्ष ओली

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायीक क्षेत्रलाई क्यान्सर भएको भन्दै अब किमो र अप्रेसन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

 प्रधानन्यायाधीश  चोलेन्द्र शम्शेर जवारको राजीनामाको विषयमा  भइरहेको    आन्दोलनको विषयलाई लिएर  अध्यक्ष ओलीले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको  न्यायाधीश, बारले भनिरहेको   बताएका   छन् । 

उनले प्रश्न गर्दै भनेका छन्, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । न्यायाधीश, बारले भनिरहेको छ । वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, जनता छक्क परिरहेको छ । क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ?’

अदालतमा भएको आन्दोलन पाँच दलको कानुनी क्षेत्रको प्रकटीकरण मात्रै भएको बताएका ओलीले अघि भनेका छन्, ‘त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ । किमोको आवश्कयता छ । बिमार त्यो तहको छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर