बसको ठक्करबाट १८ वर्षीय सन्तोषको मृत्यु — OSNepal

बसको ठक्करबाट १८ वर्षीय सन्तोषको मृत्यु

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । बसको ठक्करबाट एक किशोरको ज्यान गएको छ । कपिलवस्तुको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका ति किशोरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जिल्लाको शिवराज नगरपालिका १ मा बस्ने १८ वर्षीय सन्तोष मगर लरहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका ति किशोरको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै    बस र चालकलाई  प्रहरीले नियन्त्रणमा  लिएको  छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर