रावलको चेतावनी पछि महाधिबेशन प्रतिनिधीहरुलाई ओलीले दिने भनेको रात्री भोज स्थगीत — OSNepal

रावलको चेतावनी पछि महाधिबेशन प्रतिनिधीहरुलाई ओलीले दिने भनेको रात्री भोज स्थगीत

LC (KTM) November 24, 2021 0

माधव कुमार नेपालले पार्टी फुटाएर गएपछि पार्टी भित्र निर्बिकल्पका रुपमा उभिएका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिबेशनले सहजै आफुलाई अध्यक्ष बनाउँछ भन्ने थियो । तर उनको यो अनुमानमा ठेस पुर्याई दिएका छन् उपाध्यक्ष भीम रावलले । आफु निर्बिरोध अध्यक्ष हुने ओलीको योजनामा रावलले ब्रेक लगाई दिएका हुन् ।

दसौं महाधिवेशनका लागि रावलले अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् । ओलीलाई चेक मात्र दिएनन् रावलले बरु महाधिबेशन प्रतिनिधीका लागि दिन लागेको भोज समेत रोक्न सफल भएका छन् । रावलको बिरोध पछि एमाले अध्यक्ष ओलीले आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको हो ।

ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्ने भनेका थिए। तर मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको हो । रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर