काठमाडौँको ललितपुरबाट दुर्गा शाही यस्तो अबस्थामा फेला — OSNepal

काठमाडौँको ललितपुरबाट दुर्गा शाही यस्तो अबस्थामा फेला

LC (KTM) November 25, 2021 0

काठमाडौँस् बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो। त्यसपछि फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर