OSNepal बिहिबार, मंसिर १६ २०७८

गर्मी महिनामा अनुहारलाई कसरी जोगाउँने ? यस्ता छन् घरेलु उपाएहरु

गर्मी महिनामा अनुहारलाई कसरी जोगाउँने ? यस्ता छन् घरेलु उपाएहरु

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


गर्मी महिनामा अनुहारलाई कसरी जोगाउँने ? यस्ता छन् घरेलु उपाएहरु
Reading Time: < 1 minute

काठमाडौं । अनुहारलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने कुरामा महिलाहरु सधै सोच्ने गर्दछन् । सुन्दरताको लागी महिलाहरुले आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर घरेलु उपाए अपनाएको खण्डमा पनि छालालाई सुन्दर बनाउन सकिन्छ भन्ने कुराको ज्ञान कमै महिलाहरुलाई हुने गर्दछ ।

घरेलु उपाए मार्फत छालालाई गोरो र चम्किलो बनाउनको लागी कागती र महको प्रयोग गर्न सकिन्छ । अनुहार तथा शरीररको कुनै पनि भागमा कागती र महको लेप लगाएको खण्डमा यसले छालालाई कोमल बनाउने काम गर्दछ । यसले शरीरको छालामा रहेको मृत कोषिकालाई निर्मूल पार्ने काम गर्दछ । छालालाई सधैको लागी राम्रो र चम्किलो बनाउँछ ।

अनुहारको चमक बढाउन चन्दनको लेपको पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरेको खण्डमा छालामा रहेको छिद्रहरू कम गर्नुका साथै दाग–धब्बा हटाउन पनि सहयोग गर्छ । यसको प्रयोग नियमित गरेको खण्डमा अनुहारमा हुने चिल्लोपना कम गर्ने, फुस्रो कम गर्ने र अनुहारमा दानाहरू पनि आउन दिँदैन । अनुहारलाई राम्रो र मुलाएम बनाउनको लागी धेरै पानीको सेवन गर्नु पर्दछ । पानीको सेवन उचित मात्रामा गरेको खण्डमा छालालाई कोमल बनाउँन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड