छोरी अर्हाको जन्मदिनमा के सम्म गरेनन् साउथ सुपरस्टार अल्लु अर्जुनले, फ्यान भए चकित — OSNepal

छोरी अर्हाको जन्मदिनमा के सम्म गरेनन् साउथ सुपरस्टार अल्लु अर्जुनले, फ्यान भए चकित

LC (KTM) November 25, 2021 0

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुन सबैका लागि अत्यन्तै लोकप्रिय रहेका छन् । उनको भारतमा मात्र नभएर बिदेशमा समेत ठुलो संख्यामा फ्यान तथा प्रशंसकहरु रहेका छन् । उनलाई फलो गर्ने थुप्रै दर्शकहरु रहेका छन् । अल्लु मात्र हैन उनकी छोरी अल्लु अर्हा पनि एकदमै फेमस रहेकी छिन् तेलुगु राज्यका लागि ।

अल्लु आफ्नो पारिवारिक फोटोहरु सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् । यसैक्रमम उनले आफ्नी छोरी अर्हाको जन्म दिनको अवसरमा प्यारा प्यारा फोटोहरु दर्शक माझ शेयर गरेका छन् । अर्जुनकी छोरी अर्हाको २१ नोभेम्बरमा जन्मदिन थियो । अर्हा अहिले ५ बर्षकी भईन् । उनै छोरीको जन्म दिन सुपरस्टार अल्लु अर्जुनले एकदमै शानदारका साथ मनाई दिएका छन् ।

अन्य सेलीब्रेटीहरुको भन्दा धुमधामका साथ उनले आफ्नी छोरीको जन्म दिन मनाई दिएका हुन् । यहा सम्मकी उनी आफ्नी छोरीको जन्मदिन विशेष बनाउन बुर्ज खलिफा समेत पुगे । उनले आफनी छोरी अर्हाको जन्मदिन स्पेशल बनाउन निक्कै मोटो रकम खर्च गरेका छन् । अल्लु अर्जुन र स्नेहाले अर्हाको जन्मदिनमा ठूलो पार्टी आयोजना गरेका थिए ।

त्यस्तै उनले आफ्नी छोरीको लागि जन्म दिनमा विशेष सन्देश समेत लेखेका छन् । उनले सामाजिक सञ्जालमा ‘ह्याप्पी बर्थडे मेरी सानी मायालु राजकुमारी । म तिमीलाई धेरै माया गर्छु । यो वर्ष तिम्रो जीवनमा धेरै खुसी छाओस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर