झन् कसिलो बन्दै काँग्रेसका गुट — OSNepal

झन् कसिलो बन्दै काँग्रेसका गुट

LC (KTM) November 25, 2021 0

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।

पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन ९सभापति शेरबहादुर देउवा० र संस्थापन इतर ९रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला० पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।

पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ।नागरिक दैनिकमा समाचार छ ।स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर