देशभरका आन्तरिक उडान बिहानैदेखि प्रभावित, कारण यस्तो — OSNepal

देशभरका आन्तरिक उडान बिहानैदेखि प्रभावित, कारण यस्तो

LC (KTM) November 25, 2021 0

काठमाडौं । बिहिबार बिहान आकाश राम्रोसँ नखुल्दा बिहानका आन्तरिक उडान प्रभावित भएका छन् ।

बिहिबार बिहानका सबै उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार बिहानमा हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेका हुन् ।

पोखरा, धनगढी , बिराटनगर, भरतपुर, सुर्खेतका आज बिहान निर्धारित उडान हुन नसकेपनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर