सप्तरीमा घाँटी रेटिएको अवस्थामा वृद्धको शव फेला — OSNepal

सप्तरीमा घाँटी रेटिएको अवस्थामा वृद्धको शव फेला

LC (KTM) November 25, 2021 0

सप्तरी- छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ।धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ। आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो। घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि प्रनाउ काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ। प्रनाउ काफ्लेका अनुसार अहिलेसम्म केही खुलेको छैन। हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर