OSNepal मंगलबार, मंसिर १४ २०७८

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरीले मारे बाजी

कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरीले मारे बाजी

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


कांग्रेस सिन्धुपाल्चोक २ ‘क’ सभापतिमा गिरीले मारे बाजी
Reading Time: < 1 minute

सिन्धुपाल्चोक, ९ मंसिर । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ काे सभापतिमा केशवराज गिरी विजयी भएका छन् । प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।

उपसभापति पदमा ग्याल्बो तामाङले दुई सय २३ र बासुदेव लम्साल एक सय ९७ मत ल्याएर विजयी भएका छन् । अरूणबहादुर तामाङले एक सय ५६ मत र भीमबहादुर घलेले एक सय ७२ मत ल्याए ।

सचिव पदमा एक सय ९२ र एक सय ८५ मत ल्याएर क्रमश: छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी उम्मेदवार मानकाजी तामाङ र विदुर भट्टराईले एक सय ८३ र एक सय ६४ मत प्राप्त गरे । सहसचिवमा दुई सय २८ मत ल्याएर पुन्यप्रसाद घोरासैनी र दुई सय १२ मत ल्याएर सरोज न्यौपाने विजयी भएको सिन्धुपाल्चाेक कांग्रेसले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड