OSNepal मंगलबार, मंसिर १४ २०७८

जसपा सांसद प्रदीप यादव दोस्रो पटक कारबाहीमा : केन्द्रीय सदस्य पद खोसियो

जसपा सांसद प्रदीप यादव दोस्रो पटक कारबाहीमा : केन्द्रीय सदस्य पद खोसियो

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


जसपा सांसद प्रदीप यादव दोस्रो पटक कारबाहीमा : केन्द्रीय सदस्य पद खोसियो
Reading Time: < 1 minute

काठमाडौं, ९ मंसिर- जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निस्कासन गरेर कारबाही गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हँुदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा, बिरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन भएको थियो । सो पुत्ला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै यादवलाई कारबाही गरिएको हो ।

‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासनत गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने । उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाही निर्णय लिइएको हो ।

कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन् ।
यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।

त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

यसैगरी, बैठकले बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड