१०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली चितवन जाँदै — OSNepal

१०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली चितवन जाँदै

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवन जाने भएका छन् । अबको कहिबेरमा ओली चितवन जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भोलीबाट चितवनमा सुरु हुने एमालेको महाधिवेशनमा जानको लागि नेता तथा कार्यकर्ताहरुको पनि जाने क्रम सुरु भएको छ । ओलीसँगै उनकी धर्मतपत्नी धर्मपत्नी राधिका शाक्य र सुरक्षाकर्मी पनिसँगै जाने भएका छन् ।

महाधिवेशनको उद्घाटनमा पाँच लाख सहभागी गराउने एमालेले दावी गरेको छ । पाँच लाखजना सहभागी गराउने बन्दसत्र सौराहामा गरिने भएको छ ।

भोली १० गतेबाट सुरु हुने महाधिवेशन १२ गते सम्म चल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर