रेडपाण्डा संरक्षणमा चुनौती — OSNepal

रेडपाण्डा संरक्षणमा चुनौती

LC (KTM) November 25, 2021 0

जुम्ला, ९ मंसिर-दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो ।

वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।

रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने संरक्षक दिनेश घले बताउँछन् । ‘रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ’, उनी भन्छन् ।

सामुदायिक वन संरक्षणको कामअघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुने उनी आशावादी देखिए । ‘वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चुनौतिपूर्ण देखिएको छ’, संरक्षक घले भन्छन्, ‘रेडपाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेड पाण्डा असुरक्षित हुने गरेका छन् ।’

निगालोको टुसा र पात रेडपाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर