भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीलाई कपिलको शोमा प्रवेश नदिएपछि खैलाबैला, तनावमा कपिल शर्मा — OSNepal

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीलाई कपिलको शोमा प्रवेश नदिएपछि खैलाबैला, तनावमा कपिल शर्मा

LC (KTM) November 25, 2021 0

काठमाडौं । बेला बेलामा विबादमा आइरहने भारतीय चर्चित अभिननेता कपिल शर्मा फेरी तनावमा आएका छन् । कपिलले आफ्नै मुख्य गेष्टलाई सुटिङ सेटमा इन्ट्री नदिएपछि खैलाबैला मच्चिएको छ ।

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले आफ्नो किताब ‘लाल सलाम’को प्रमोसनको लागि कपिलको शोमा पुगेका बेला सुरक्षा गार्ड अन्नाले नचिनेर सुटिङ सेटमा प्रवेश दिएनन् । भारतकी केन्द्रीय महिला तथा बालबालिका मन्त्रीले भित्र जान नपाएपछि प्रमुख अतिथिको रुपमा सुटिङका लागि आएकी मन्त्री इरानी रिसाएर फर्किइन् ।

मन्त्री इरानी रिसाएर फर्किएको कुरा कपिल र उनको प्रोडक्सन टिमले थाहा पाए लगत्तै कपिललाई मन्त्री स्मृतीलाई मनाउने लाख कोशिस गरे तर रिसाएकी फर्किएकी मन्त्री सुटिङमा फर्किनन् ।

त्यसपछि प्रोडक्सन टिमले स्कृति इरानीसँग कुरा गर्ने कोसिस गरे तर अन्ततः सुटिङ रद्द गर्नुपर्यो । त्यसपछि त्यहाँ ठूलो संख्यामा पुलिस फोर्स पुग्यो र कपिलको टिमले धेरै बेरसम्म उनीहरुसँग कुरा गरेपनि उनी नर्फकिएपछि अन्तत मंगलबार सनी देओल कपिलको शोमा आफ्ना छोरा करनको फिल्मको प्रमोसन सुटिङका लागि पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर