गएको निर्वाचनपछि हामी घायल भएका छौँ,यहाँबाट तल जाने ठाउँ छैन,त्यसैले अब माथि उठ्नुपर्छ : राणा — OSNepal

गएको निर्वाचनपछि हामी घायल भएका छौँ,यहाँबाट तल जाने ठाउँ छैन,त्यसैले अब माथि उठ्नुपर्छ : राणा

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशमशेर राणाले पार्टीमा अब नयाँ अनुहारको नेतृत्व चाहिएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीलाई नयाँ अनुहार चाहिएको बताएका हुन् ।

आउँदो महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता राजेन्द्र लिङदनको उक्त कार्यक्रममा नेता राणाले नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन नपाउने समेत बताएका छन् ।

उक्त कार्यक्रममा राणले भनेका छन्, ‘नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ । पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्यक्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’

लिङदेनलाई आफुले अध्यक्षको रुपमा अगाडी सार्ने घोषणा समेत गरेको बताएका छन् । ‘गएको निर्वाचनपछि हामी घायल भएका छौँ । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन माथि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर