सर्वोच्च अदालतको फुलकोट बैठक दिउँसो २ बजे बस्दै — OSNepal

सर्वोच्च अदालतको फुलकोट बैठक दिउँसो २ बजे बस्दै

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । सर्वोच्च अदालतको फुलकोट बैठक आज बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । गोलाप्रथा विधिबाट पेसी तोक्ने निणर्यदलाई लागु गर्न आजको फुलर्कोट बैठक बस्न लागेको हो ।

आजको बैठकबारे सबै न्यायाधीहरुलाई पत्र मार्फत जानकारी समेत गराइएको बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरासँग अशन्तुष्ट रहेका न्यायाधीशहरुको हिजो बुधबार बसेको बैठकले आज बिहिबार फुलकोर्ट बैठक बस्ने सहमति जुटाएको हो ।

आज बस्ने फुलकोर्ट बैठकमा मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गरिने पनि भएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।

हिजो बसेको बैठकले पनि मंसिर १५ गतेबाट उक्त नियमअनुसार गोला प्रथाबाट पेशी तोक्ने विषयमा समेत सहमति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर