यहि हप्ता कोर्ट म्यारिज गर्दै विक्की र कैटरिना — OSNepal

यहि हप्ता कोर्ट म्यारिज गर्दै विक्की र कैटरिना

LC (KTM) November 25, 2021 0

बलिउडमा अहिले निक्कै चलेका जोडी कैट्रिना कैफ र बिक्की कौशलको बिबाहको खबर यतिबेला सामाजिक सञ्जालमा ट्रेण्डमा रहेको छ । उनको डिसेम्बरको पहिलो हप्तामा राजस्थानमा रोयल वेडिंग हुने चर्चा रहेको छ । तर अब सुन्नमा यो पनि आएको छ कि यो जोडीले यसै महिनाको आउने हप्तामा बिबाह गर्न लागिरहेका छन् ।

दुबिधामा नपर्नुहोस् कि यो हप्ता गरिने बिबाह भनेको मुम्बईमा कोर्ट म्यारिज रहेको छ । भारतीय मिडियाका अनुसार यो जोडी जयपुर जानु अघि आउने हप्ता मुम्बईमा कोर्ट म्यारिज गर्ने तयारीमा रहेको छ । राजस्थानमा दुई वेडिंग सेरेमनी प्लान गरिएको छ । बिक्की तथा कैट्रीना यी सबै कुरा गोप्य राख्न चाहान्छन् ।

यसैकारण उनीहरुले बिबाहको बारेमा अहिले सम्म केहि बोलेका छैनन् ।उनीहरु बिस्तारै बिस्तारै सबै कुरा गोप्य राखेर बिबाहको तयारीमा तिब्र रुपमा जुटिरहेका छन् । यो दुबै जोडी बिबाहको लागि एकदमै उत्साहित रहेको छ । बिक्की तथा कैट्रीना राजस्थानको सिक्स सेसंस फोर्टमा बिबाह गर्ने तयारीमा रहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर