सहमतिमै नेतृत्व चयन गछौँ : बादल — OSNepal

सहमतिमै नेतृत्व चयन गछौँ : बादल

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटि सदस्य नेता रामबहादुर थापाले बादलले सहमतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लागि चितवन पुगेका नेता बादलले सकेसम्म सहमतिमै नतृत्व चयन गर्ने नभए केहि पदमा निवार्चन गर्ने समेत बताएका छन् ।

साथै, अहिले सम्म आफु कुनै पनि पदको लागि उम्मेदवार नदिएको बताएका बादल १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक पनि हुन् ।

स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गरेको बताएका उनले अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष रहेका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर