महासचिव भन्दा सानो पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा — OSNepal

महासचिव भन्दा सानो पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले महासचिव पद नपाए अरु पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

महासचिव भन्दा सानो पदमा आफुले उम्मेदवारी नदिने बताएका उनले महासचिव नपाए सबै पदाधिकारीलाई मिलाएर लैजाने बताएका छन् ।

भोली मंसिर १० गतेबाट सुरु हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनको पाण्डे मूल व्यवस्थापन समितिका सहसंयोजक समेत हुन् ।

चितवनमा हुन गइरहेको महाधिवशेनमा भाग लिन नेतामहरु चितवन जाने क्रम सुरु भइसकेको छ ।

अध्यक्ष केपी शर्मा ओली पनि हब केहि बेरमा नै चितवन पुग्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर