एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा प्रभु साहकी श्रीमती देखि सभामुखलाई माइकले हान्ने झा सम्म चयन — OSNepal

एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा प्रभु साहकी श्रीमती देखि सभामुखलाई माइकले हान्ने झा सम्म चयन

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन भएका छन् । रौतहटबाट चयन भएका २८ जना मध्ये नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म रहेका छन् ।

जसमा क्षेत्र १ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह रहेका छन् । त्यसैगरी,क्षेत्र २बाट उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह रहेका छन् ।

क्षेत्र ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो रहेका छन् । क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी रहेका छन् ।

साथै दलिततर्फ चन्द्रेश्वर वैठा, मन्दुतिया देवी,राजनाथ माझीठगा दास, रहेका छन् ।संघीय सांसद रेखा झा हालै संसद भवनमा सभामुख माथि माइकले हानेको विषयमा चर्चा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर