कांग्रेस महाधिवेशन : उदयपुर–१ मा खगेन्द्र र २ मा रामकुमार विजयी — OSNepal

कांग्रेस महाधिवेशन : उदयपुर–१ मा खगेन्द्र र २ मा रामकुमार विजयी

LC (KTM) November 25, 2021 0

उदयपुर, ९ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्र नं १ मा सभापतिमा खगेन्द्र राई र क्षेत्र नं २ मा रामकुमार राई विजयी भएका छन् ।
चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका खगेन्द्रले निकटतम प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतले पराजित गरेका हुन् । सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कट्टेल र बेचु चौधरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा रामकुमार राईले निकटतम प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गरे । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की तथा सहसचिवमा कदमबहादुर कटवाल विजय भएको उदयपुर कांग्रेस प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।-रासस/File

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर