...यसो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ : महेश बस्नेत — OSNepal

…यसो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ : महेश बस्नेत

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा नयाँ अनुहारलाई समावेश गरिने बताएका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको लागि चितवन पुगेका नेता बस्नेतले भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन् ।

कम्तिमिा पनि ५० प्रतिशत नयाा पुस्तालाई स्थान दिनुपर्ने बताएका उनले ‘सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट भएको बताएका छन् ।

यस्तो इन्ट्रान्स गेट बन्द गरेर सहमति नहुने बताएका उनले भनेका छन्, ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ । यदि त्यस्तो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर