OSNepal मंगलबार, मंसिर १४ २०७८

भालुले आक्रमण गर्दा ७० वर्षीय रामकुमार गम्भीर घाइते

भालुले आक्रमण गर्दा ७० वर्षीय रामकुमार गम्भीर घाइते

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


भालुले आक्रमण गर्दा ७० वर्षीय रामकुमार गम्भीर घाइते
Reading Time: < 1 minute

पाँचथर, ९ मंसिर -भालुकाे आक्रमणबाट गाईवस्तु चराउन गएका पाँचथर फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन् ।फालेलुङ गाउँपालिका-३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई शुक्रबार बिहान अन्दाजी ७ बजे भ्याक्टे भन्ने जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो । राईको शरीरका विभिन्न भाग चोट लागेको छ ।

गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा छ । फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा जंगली जनावर भालु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड