‘निक एण्ड आइ आर एक्स्पेक्टिङ’ भन्दै प्रियंकाले गर्भवती भएको संकेत गरेकी हुन् ? — OSNepal

‘निक एण्ड आइ आर एक्स्पेक्टिङ’ भन्दै प्रियंकाले गर्भवती भएको संकेत गरेकी हुन् ?

LC (KTM) November 25, 2021 0

बलिउड तथा हलिउडको एकदमै पावर कपल प्रियंका चोपडा तथा निक जोनसको डिभोर्सको हल्लाले उनीहरुका फ्यानहरुलाई हैरान बनाई दिएको थियो । डिभोर्सको हल्लाका बीच नोभेम्बर २३ अर्थात हिजो नेटफ्लिक्समा जोनस ब्रदर्स फेमिली रोस्ट शो रिलिज भएको छ । फेमिली रोस्ट शो मा जोनसको ब्रदर्सको उनको पार्टनरले जोइन गराएकी थिईन् ।

यस दौरान प्रियंका चोपडाले पति निक जोनसलाई जमेर रोस्ट गरिन् । प्रियंका चोपडाले निक जोनसलाई रोस्ट गर्दै निक तथा आफ्नो बच्चाको बारेमा जोक मारेकी थिईन् । जसलाई सुनेर एकपलका लागि हरकोही हैरान भएका थिए । निक जोनस रोस्टको एक सेग्मेन्टको दौरानमा प्रियंकाले भनेकी थिईन् कि ठुलो भाईको बच्चा छ ।

केबिन जोनसको २ छोरीहरु तथा जो जोनसको पनि एक छोरी रहेको बताउँदै निकको परिवार हामी मात्र यस्तो कपल हो जसको बच्चा छैन भनेकी थिईन् । उनको कुरा सुनेर निकको स्वास पनि एक पलको लागि थामिएको थियो । प्रियंकाले भनिन्– हामी एक्लो यस्तो कपल हो जसको बच्चा छैन । यस कारण म यो घोषणा गर्नको लागि एकदमै उत्साहित छु ।

निक र म आशा गरिरहेका छौ तर केही सेकेण्ड रोकिएर प्रियंकाले अघि भन्छिन्– आज राती ड्रंक हुनका लागि र भोली सुत्नका लागि । उनको यो सस्पेन्स भनाई पछि सबै हाँस्छन् । निक समेत केही क्षणका लागि एकदमै आश्चर्यमा पर्छन् । रोस्टका दौरान प्रियंकाले निक तथा आफ्नो एज ग्यापको बिषयमा पनि रोस्ट हानेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर