ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी — OSNepal

ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी

LC (KTM) November 25, 2021 0

धनगढी, ९ मंसिर- कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेकाे छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन ।

अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर