सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु — OSNepal

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

LC (KTM) November 25, 2021 0

मोगादिसु, मङ्सिर ९ (-सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।

नाम नखुलाइकन एक प्रहरी अधिकारीले सिन्ह्वालाई मोगादिसुको KM4 जंक्शन नजिकै भएको विष्फोनटमा धेरै हताहत भएको बताएका छन्। प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ । त्यसैगरी प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर