बलिउड मुखाले कंगनालाई फ्यानले नै हप्काएपछि... — OSNepal

बलिउड मुखाले कंगनालाई फ्यानले नै हप्काएपछि…

LC (KTM) November 25, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत सधै एउटा न एउटा बिषयलाई लिएर संचारमाध्यममा छाइ नै रहेकी हुन्छिन् । कहिले उनी सरकार संग निहु खोजिरहेकी हुन्छिन् त कहिले फिल्म उद्योगकै साथीहरु संग । आफ्नै कारण उनी चर्चामा आईनै रहेकी हुन्छिन् ।

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण देखी उनी सधै चर्चामै रहेकी छिन् । केही समय अघि उनी पासपोर्ट नबिकरणको बिषयलाई लिएर चर्चामा आईन् । अहिले आफ्नै कारण चर्चामा आएकी छिन् ।

एक विमानस्थलमा कंगनाले मास्क नलगाएको भिडियो सार्वजनिक भए संगै उनको फेरी चर्चा र ट्रोल सुरु भएको छ । उनले मास्क नलगाएका कारण उनका फ्यानहरुले सन्जालमा यस विषयमा उनको धेरै ठूलो आलोचना गरिरहेका छन् । उनको बिमानस्थलमा मास्क नलगाएको फोटो सार्वजनिक भए पछि आलोचना सुरु भएको हो ।

पछिल्लो समय कोरोनाभाइरसका कारण बिमानस्थलमा त झनै मास्क अभियान अनिवार्य गरिएको छ । तर, कंगनाले मास्क नलगाएकाले उनका एक जना फ्यानले प्रश्न गरेका छन्— एयरपोर्टमा त नो मास्क, नो इन्ट्री होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर