एमालेको महाधिवेशनमा निम्तो नआएकोमा कुनै अपसोच नभएको बताएका नेपालले भने- नजाने गाउँको बाटो नसोध्नु — OSNepal

एमालेको महाधिवेशनमा निम्तो नआएकोमा कुनै अपसोच नभएको बताएका नेपालले भने- नजाने गाउँको बाटो नसोध्नु

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको महाधिवेशनको निम्तो आफ्नो पार्टीलाई नआएको बताएका छन् ।

यसबारे आफुलाई कुनै अपसोच नभएको बताएका अध्यक्ष नेपालले नजाने गाउँको बाटो नसोध्नु भनेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले एमाले पार्टी नभएर अध्यक्ष केपी ओलीको प्राइभेट कम्पनी भएको बताएका छन् ।

अब कुनै हालतमा पनि एकता नहुने बताएका उनले त्यो पार्टी कम्युनिस्ट नभएकाले एकता नहुने बताएका छन् । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर