राम्री देखिनका लागि मनोरञ्जनकी रानी राखी सावन्तले गरिन् यी अंगको प्लाष्टिक सर्जरी — OSNepal

राम्री देखिनका लागि मनोरञ्जनकी रानी राखी सावन्तले गरिन् यी अंगको प्लाष्टिक सर्जरी

LC (KTM) November 25, 2021 0

तपाई मन पराउन सक्नु हुन्छ त्यस्तै मन नपराउन पनि सक्नु हुन्छ तर इग्नोर गर्न सक्नु हुन्न बलिउडकी मनोरञ्जनकी रानी राखी सावंतलाई । उनले राम्रो गरुन् या नराम्रो तर उनको कुरा बलिउडमा सधै भईनै रहन्छ । उनले आफ्नै दममा मनोरञ्जनको दुनियाँमा एउटा नाम स्थापित गर्न सफल भएकी छिन् । २३ बर्ष देखी मनोरञ्जनमा काम गरिरहेकी राखी आज आफ्नो ४३ औ जन्म दिन मनाई रहेकी छिन् ।

अघिल्लो साल बाट अहिले सम्म आइपुग्दा उनमा के के बदलाव आएछ त्यसका बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौ । आफ्नो अन्तरंगी बयान तथा हर्कतका कारण सधै चर्चाको शिखरमा रहने राखीको असली नाम नीरु भेडा रहेको छ । अभिनयको दुनियामा प्रबेश लिनु भन्दा अगाडी अरु स्टारले जस्तै उनले पनि आफ्नो नाम बदलेकी थिईन् ।

अग्निचक्र देखी आफ्नो करियर सुरु गरेकी उनलाई अहिले सम्म पछि फर्केर हेर्नु परेको छैन । राखी सावन्त एक मध्यम बर्गिय परिवारकी रहेकी छिन् । उनको आमा अस्पतालमा काम गर्थिन् पिता भने कन्स्टेबल थिए । गरीबीका कारण राखीलाई पढ्न लेख्ने उमेरमा काम गर्नु परेको थियो । पहिला उनी एकदमै दुब्ली पातली रहेकी थिईन् ।

त्यस्तै साधारण थिईन् तर उनी संग पैसा थिएन आफ्नो सुपर लुक्स बनाउनका लागि । बितेको सालमा उनलाई काम गर्ने कुनै अवसर थिएन । घर बस्दा बस्दै उनको तौल समेत बढेको थियो । बिग बोस १४ मा राखीको बढेको तौललाई लिएर मज्जाक समेत उडाइएको थियो । राखीको भाग्य अभिनयमा लेखेको थियो ।

त्यसैले उनले मेहनत गरिन् र उद्योगमा काम पाईन् । सुन्दर देखिनकै लागि उनले आफ्नो ओठ तथा नाकको प्लाष्टिक सर्जरी गराएकी थिईन् । सानै देखी उनलाई नृत्य गर्न मन पथ्र्याे अन्ततः उनले डान्सकै माध्यमबाट आफ्नो नाम र दाम कमाउन सफल भईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर