सुदूरपश्चिममा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य — OSNepal

सुदूरपश्चिममा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

LC (KTM) November 25, 2021 0

बैतडी, ९ मङ्सिर- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५७५ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत तीन र एन्टिजेन विधिमार्फत तीन जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलालीका दुई र कञ्चनपुरका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर