OSNepal बिहिबार, मंसिर २३ २०७८

एमाले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन, बाहिरबाट ल्याइयो थप ट्राफिक प्रहरी

एमाले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन, बाहिरबाट ल्याइयो थप ट्राफिक प्रहरी

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


एमाले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन, बाहिरबाट ल्याइयो थप ट्राफिक प्रहरी
Reading Time: < 1 minute

चितवन, ८ मंसिर-नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ ।भोलि शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।

उनकाअनुसार सय जना बाहिर प्रदेशबाट झिकाइएको छ । ६० जना आन्तरिक प्रदेशबाट खटिएका छन् । प्रदेश ट्राफिक र चितवनको जनशक्ति छुट्टै खटिएको छ ।

एआईजी सहकुल थापाको कमाण्डमा सम्पूर्ण रूपमा सुरक्षा योजना अपनाई प्रहरीहरू परिचालन भएको उनले जानकारी दिए । उनकाअनुसार एआईजी थापा, प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की चितवन आइसकेका छन् ।यसका साथै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मालबहाक सवारी प्रवेशमा पूर्ण रोक लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड