सहिद स्मारक लिग: दोस्रो चरणअघि के भन्छन् प्रशिक्षक ? — OSNepal

सहिद स्मारक लिग: दोस्रो चरणअघि के भन्छन् प्रशिक्षक ?

LC (KTM) November 25, 2021 0

काठमाडौं, ९ मंसिर-सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबार (भोलि)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछ । एक चरणमा ७ खेल हुनेछन् ।पहिलो दिन दुई खेल हुनेछ । दिउसो १ बजे सुरू हुने खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबविरुद्ध खेल्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो दिनसमेत दुई खेल हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुनेछन् । तेस्रो दिनको एक मात्र खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड ब्वाईज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

दोस्रो चरणको पूर्व सन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो । १४ क्लब सहभागी लिगमा पाँच क्लबका प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थिति नै जनाएनन् ।
साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस, न्युरोड टिम एनआरटी, संकटा क्लब र ब्रिगेड ब्वाईज क्लबका प्रशिक्षक अनुपस्थित रहे । बाँकी ९ टोलीका प्रशिक्षकले भने दोस्रो चरणमा आफ्ना विपक्षी टोलीविरुद्ध जित निकाल्ने रणनीति सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर