पाकिस्तानी सिरियल इण्डियाले चोर्यो , दर्शक भन्छन– शत प्रतिशत पाकिस्तानकै छ स्टोरी लाईन — OSNepal

पाकिस्तानी सिरियल इण्डियाले चोर्यो , दर्शक भन्छन– शत प्रतिशत पाकिस्तानकै छ स्टोरी लाईन

LC (KTM) November 25, 2021 0

ईण्डिया तथा पाकिस्तानी सिनेमाको बीचमा सधै एक कडा प्रतिष्पर्धा देख्न पाईन्छ । यसको खास कारण भनेको दुबै देशको सांस्कृति बिरासत एक अर्का संग मिल्दो जुल्दो रहेको छ । पाकिस्तानमा जहाँ भारतीय फिल्म

तथा सिरियल्सलाई एकदमै मन पराउने गरिएको छ । त्यस्तै भारतमा पनि पाकिस्तानी सिरियल तथा फिल्महरु रुचाउने गरिएको छ । तर यसपटक ईण्डियन टेलिभिजन उद्योगले पाकिस्ताको ब्लकबस्टर सिरियल मेरे पास तुम हो को स्टोरी लाईन् कपी गरेको छ । सोनी टेलिभिजनमा एक नयाँ शो कामना सुरु भएको छ ।

यस शो को स्टोरी पाकिस्तानी सिरियल मेरे पास तुम हो को कपी गरिएको बताइएको छ । सिरियलको ट्रेलर तथा शो को प्रोमो क्लिप बाहिर आए संगै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई पाकिस्तानी सिरियलको कपी भनेका छन् । यसलाई पाकिस्तानको कपी भन्नेहरु पाकिस्तानी क्षेत्रबाट मात्र नभई भारतीय दर्शकले समेत यसलाई कपी नै रहेको बताएका छन्

। मेरे पास तुम हो २०१९ मा आएको सिरियल हो जुन ब्लकबस्टर भएको थियो । यस शो लाई मिलियन भन्दा बढी भ्युज मिलेको थियो । अब सोनी टेलिभिजनमा लन्च भएको सिरियल कामनाको स्टोरी लाईन पनि दुरुस्तै मेरे पास तुम हो सिरियलको जस्तो रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर