प्रकाशमान सिंहका पिए लामिछाने नै महाधिबेशन प्रतिनिधिमा पराजित — OSNepal

प्रकाशमान सिंहका पिए लामिछाने नै महाधिबेशन प्रतिनिधिमा पराजित

LC (KTM) November 25, 2021 0

अब ठुलो मान्छेको पावर, पैसा तथा गुण्डागर्दीले चुनाव जित्छु भन्ने नसोच्दा पनि हुन्छ । किनकी मतदाता नेताहरु देखि वाक्क भएर असल प्रतिनिधी खोज्न थालिसकेका छन् । हालै नेपाली कांग्रेसको महाधिबेशनलाई लिएर यहि भईरहेको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव अर्थात यूपी लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

लामिछाने त्यसो त नेविसंघका पूर्वप्रवक्ता समेत रहेका थिए । उनै लोकप्रिय मान्छेले नराम्रो संग पराजय भोग्नु परेको छ । लामिछानेलाई काठमाडौं क्षेत्र नं २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधान खेमा बाट उम्मेदवारी दिँदै छन् ।

५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । क्षेत्र नं २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितिसकेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकेल सहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् । केन्द्रिय सभापतिमा दाबी गरेका प्रकाशमानको पीएले नै हारेपछि उनि झस्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर