नयाँ शैलीमा तीन दिने इजरायली फिल्म महोत्सव शुरु, मन्त्री आले भन्छन् -हाम्रा तिर नि शुटिंग गरिदिनु पर्यो — OSNepal

नयाँ शैलीमा तीन दिने इजरायली फिल्म महोत्सव शुरु, मन्त्री आले भन्छन् -हाम्रा तिर नि शुटिंग गरिदिनु पर्यो

LC (KTM) November 25, 2021 0

ईजरायल आफ्नो कला संस्कृतिको प्रचारका लागि एकदमै माहिर रहेको छ । यहि कला तथा संस्कृतिको माध्यमबाट इजरायल धेरै देश संग सामिप्यता बढाउन चाहान्छ । यसैक्रममा नेपाल र इजरायलबीचको सम्बन्धलाई थप दरिलो बनाउने उदेश्यका साथ राजधानीमा तीन दिनको इजरायली फिल्म महोत्सव शुरु भएको छ ।

महोत्सव अहिले सम्मकै फरक र नयाँ ढाँचामा सुरु भएको छ । चलचित्रको आनन्द लुट्नका लागि इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव ‘ड्राइभ इन फिल्म सोज्’ ढाँचामा प्रस्तुत गरेको बतइएको छ । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०.६ मेगाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवको आज साँझ उद्घाटन गरेका छन् । उनले इजरायली फिल्म निर्माता तथा लगानीकर्तालाई नेपालको बिभिन्न ठाउँमा फिल्म छायांकन गदिर्न अनुरोध गरेका छन् । उनले विदेशी फिल्म निर्माताहरूलाई छायाङ्कनका लागि नेपालमा आकर्षित गर्न आफ्नो मन्त्रालयले प्रयास गरिरहेको गरेको जानकारी उनले दिए ।

मुलुकको पर्यटन प्रवद्र्धनमा छायाङ्कनबाट सकारात्मक प्रभाव पर्ने वास्तविकतालाई दृष्टिगत गरी त्यस निम्ति अन्तरसरकारी निकायसँग समन्वय गरिएको उनले बताए । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ एवं सुमधुर तुल्याउन महोत्सव आयोजना गरिएको बताए ।

अभिनेता राजेश हमालले फिल्महरु सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने भएकाले गुणस्तरीय फिल्मप्रति आफ्नो लगाव र आकर्षण सधै रहेकाले कलाक्षेत्रमा नै आफू रमाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर